१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

झापामा जंगली हात्ती मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:४७:oo

झापामा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा जंगली हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हात्तीको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। हात्ती स्थानीयको तोरीबारीमा मृत भेटिएको हो ।

मृत अवस्थामा फेला परेको हात्ती भाले रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए। मृत हात्तीको पोस्टमार्टमका लागि कोशीटप्पु वन्यजन्तु आरक्षणबाट प्राविधिक टोली आउँदै गरेको र त्यसपछि मात्र मृत्युको कारण पत्ता लाग्ने उनले जानकारी दिए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख राईले भने 'मृत अवस्थामा फेला परेको हात्ती केही समयदेखि यही क्षेत्रमा देखिएकाे थियाे । हात्तीले केही दिनदेखि स्थानीयले लगाएको 'सुठुनी' (सखरखण्ड) खाइरहेको रहेछ । त्यसपछि छटपटाइरहेको हात्ती केही समयमा मरेछ।' 

ad
ad