मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Wednesday, 02 September, 2026
२o८o मङ्सिर २४ आइतबार १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ वर्षका किशोर चोरी आरोपमा चौथोपटक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार १९:o३:oo

१७ वर्षका एक किशोरलाई कास्की प्रहरीले चोरीको आरोपमा चौथोपटक पक्राउ गरेको छ।

स्कुटर चोरीको आरोपमा पक्राउ परेका बागलुङ जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका– १६ दिपमा बस्दै आएका ती किशोरलाई पछिल्लोपटक दुई स्कुटर चोरी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पक्राउ परेका ती किशोर यसअघि पनि तीनपटक चोरी मुद्दामा पक्राउ परेका रेकर्डबाट खुलेको थापाले बताए। ती किशोरले १९ मंसिरमा पोखरा ३ नदीपुरमा पार्किङ गरी राखेको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १ बगरस्थित पार्किङ गरी राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेका बताइएको छ।

स्कुटर हराएको सूचना वडा प्रहरी कार्यालय बगरले पाएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा ती किशोरलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित फेला पारेको थियो। पछि सोधपुछ गर्दै जाँदा ग ८ प ९९३ नम्बरको स्कुटरसमेत उनले नै चोरी गरेको भेटिएको वडा प्रहरी कार्यालय पोखरा १ बगरका प्रमुख प्रहरी निरिक्षक बोधराज रेग्मीले जानकारी दिए।

पक्राउ परेका उनलाई आइतबार कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।