१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर ।
दीपक अधिकारी काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तोडिएन सुन तस्करीको जालो, पटकपटक चुक्दै छ भन्सार कार्यालय

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३१:oo

गत बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको उडान नम्बर एफ जेट ५७३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । सोही विमानबाट काठमाडौं उत्रिएका थिए, गोरखाका चन्द्र घले । विमानस्थलस्थित भन्सार कार्यालयलाई १० किलो सुन बोकेर एकजना भरिया आउँदै गरेको पूर्वसूचना थियो । कार्यालयका प्रमुख डा. टोकराज पाण्डे स्वयं खटिए । 

पाण्डे नेतृत्वको विशेष टोलीले विमानस्थल सुरक्षा कार्यालयको विशेष सहयोगमा चन्द्रको खानतलासी गर्‍याे । चन्द्रले ज्याकेटभित्र छातीको दायाँ–बायाँ पर्ने गरी कपडामा बेरेर १४ किलो सुन ल्याएका थिए । पूर्वसूचना पाएकाले १४ किलो सुन बरामद भयो, भरिया पक्राउ परे । 

शनिबार फेरि फ्लाई दुबईको उडान नम्बर एफ जेट फ्लाइट नम्बर ५७३ उही समयमा राति ११ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍याे । विमान चढेर आएकाहरूको भन्सार जाँच भयो, सबै पास भई बाहिरिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दका अनुसार पौने एक बजेतिर भन्सार एरिया क्रस गरिसकेपछि प्रहरीले इजिप्टका नागरिकलाई ६ किलो पाँच सय ६५ ग्राम सुनसहित पक्राउ गरेको हो । 

भन्सार पास भइसकेको सुन सिभिलमा खटिएको प्रहरीले शंका लागेपछि जाँच गर्दा फेला परेको थियो । यसले लगातारजसो तस्करीको सुन विमानस्थलबाट भित्रिरहेको छ भन्ने देखाउँछ । 

भन्सार क्रस भइसकेपछि पटकपटक सुन बरामद भइरहेको छ । गत २ साउनमा भन्सार पास गरेर ट्याक्सीमा हाली बाहिर लैजाँदै गर्दा  राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार परिसरबाट ६० किलो ६८९ ग्राम सुन बरामद गरेको थियो । यसमाथि सुरुमा विभाग र पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरेर अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । 

विमानस्थल भन्सार कार्यालयलाई तस्करीको सुन आउँदै छ भन्ने पूर्वसूचना पाउँदा पक्राउ गर्ने सूचना नपाउँदा सहजै सुन पास हुने अवस्थाले विमानस्थल भन्सार जाँचमा रहेको गम्भीर त्रुटिलाई औँल्याएको छ । दिनहुँजसो सुन बरामद भइरहँदा पनि सरकारी संयन्त्र चुकिरहेको छ ।

ad
ad