मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २३ शनिबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार

उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार ११:५५:oo

नेकपा (एकीकृत समाजवादी)ले यही मंसिर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बोलाएको छ। बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्नेछ। सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिटब्युरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिनेछ।

पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए। 

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बैठकमा समान विचार राख्ने राजनीतिक दलहरू, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ। देशभर सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा केही नेताहरूको जिम्मेवारी हेरफेरसमेत गरिनेछ।