Skip This
राज्य व्यवस्थाले एनसेलबारे प्रधानमन्त्रीसँग ब्रिफिङ लिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २३ शनिबार o९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राज्य व्यवस्थाले एनसेलबारे प्रधानमन्त्रीसँग ब्रिफिङ लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार o९:२९:oo

एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे जानकारी लिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरेको छ । समितिको शुक्रबार बसेको बैठकले राजनीतिक र प्रशासनिक नेतृत्वको सेटिङमा एनसेलमा घोटाला भएको आशंका गर्दै हालसम्म भए गरेका कारबाही, छानबिन समिति गठनलगायत प्रगतिको जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । 

समिति सभापति रामहरि खतिवडाका अनुसार २५ मंसिरमा प्रधानमन्त्री प्रचण्डलाई संवैधानिक परिषद्का काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमा छलफलका लागि आमन्त्रण गरिएको छ । सोही बैठकमा एनसेल प्रकरणबारे पनि जानकारी लिने गरी अनुरोध गरिएको उनले बताए । निर्णयपछि समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ । ‘समितिको निर्णयअनुसार एनसेलसम्बन्धी के भयो, कस्तो भएको हो र अहिलेको अवस्था के हो भन्नेबारे उपस्थित भएर जानकारी गराइदिन अनुरोध गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका छौँ,’ समिति खतिवडाले भने । 

एनसेल प्रकरणमा ठूलो चलखेल : वर्षमान 
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानि पुग्ने गरी ठूलो आर्थिक लेनदेन भएको दाबी गरेका छन् । सोमबार पार्टीसम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पुनले सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने बताए । बदमासी पुष्टि हुने आधार सरकारसँग रहेको उनको भनाइ छ । आफ्नो पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने नेता पुनले बताए ।