Skip This
एमाले सरकारबाट बाहिरिएपछि देश कंगाल भयो : ओली
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Tuesday, 16 September, 2025
२o८o मङ्सिर २२ शुक्रबार १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सरकारबाट बाहिरिएपछि देश कंगाल भयो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १८:१९:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारबाट एमाले बाहिरिएपछि देश कंगाल भएको बताएका छन्।

शुक्रबार झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा अभियानअन्तर्गत लमजुङको सुन्दरबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘­नयाँ उद्योग नखुलेकाले रोजगारी नहुँदा देशको अवस्था नाजुक छ। विकास निर्माणका काम ठप्प छन्, सरकारले जनताको आवश्यकताअनुसारको काम गर्न सकेको छैन।'

अर्को प्रसंगमा अध्यक्ष ओलीले एमालेले बाहेक कसैले पनि देश बनाउन नसक्ने दाबी गरे। उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकोसमेत दोहोर्‍याए। राष्ट्रियताका सन्दर्भमा वर्तमान गठबन्धनले शिर निहुराउने काम गरेको पनि उनको आरोप थियो।

समृद्ध नेपाल, सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन पनि मिसन- ८४ सुरु गरिएको अध्यक्ष ओलीले बताए।

अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारीजस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राखे।