१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर २१ बिहीबार १३:२२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पहिलो चौमासिकमा गण्डकीको बजेट खर्च ११ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १३:२२:oo

चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो चौमासिकमा गण्डकी प्रदेश सरकारले ११.०३ प्रतिशत बजेट खर्च गरेको छ।

चालू आवका लागि गण्डकीले पुँजीगततर्फ २० अर्ब १९ करोड चार लाख, चालूतर्फ १२ अर्ब ७३ करोड ६७ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड गरी कुल ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको थियो।

प्रदेशको कुल बजेटमध्ये १ मंसिरसम्म तीन अर्ब ६८ करोड ६४ लाख अर्थात् ११.०३ प्रतिशत खर्च गरेको हो। खर्चमध्ये पुँजीगततर्फ विनियोजित बजेटको ९.३१ प्रतिशत (एक अर्ब ८८ करोड दुई लाख) र चालूतर्फ १४.१८ प्रतिशत (एक अर्ब ८० करोड ६१ लाख) रहेको छ।

यसैगरी, प्रदेशले चालू आवमा आन्तरिक स्रोतबाट पाँच अर्ब १६ करोड ९१ लाख ८४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ कत्तिकसम्म लक्ष्यको २१.९७ प्रतिशत (एक अर्ब १३ करोड ५८ लाख २० हजार) संकलन गरेको छ।

गत आर्थिक वर्ष ०७९/८० को लागि गण्डकीले ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको थियो। सार्वजनिक बजेटमा पुँजीगततर्फ २२ अर्ब १४ करोड एक लाख विनियोजन गरिएकोमा पहिलो चौमासिकमा त्यसको ८.६३ प्रतिशत (एक अर्ब ९१ करोड १२ लाख) खर्च भएको थियो भने चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख विनियोजन गरिएकोमा दुई अर्ब ४९ करोड ४२ लाख अर्थात् १८.७९ प्रतिशत बजेट खर्च भएको थियो।