मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी बज्राचार्यलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १३:१३:oo

नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन्।

संघका सभापति दुजाङ शेर्पा बिहीबार भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत जाने क्रममा बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्। 

बज्राचार्यलाई संघको विधान, २०७५ अनुसार कार्यवाहक जिम्मेवारी तोकिएको छ। सात सय एक सदस्यीय केन्द्रीय समितिमा अध्यक्षबाहेक सबै केन्द्रीय सदस्य मात्रै छन्।

शेर्पा अध्यक्ष भएपछि पहिलोपटक बज्राचार्यले कार्यवाहक अध्यक्ष हुने माैका पाएका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि बज्राचार्यले संगठनको कामकारबाहीमा अध्यक्षको अभाव महसुस हुन नदिने प्रतिबद्धता जनाएका छन्।