१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

 नेपालगन्ज नाकाबाट तरकारी र फलफूल आयात दोब्बरले वृद्धि

चार महिनामा एक अर्ब ५२ करोडको आलु आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४९:oo

नेपालगन्ज नाकाबाट खाद्यान्न, फलफूल र तरकारी आयात उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा एक अर्ब ५२ करोड ४१ लाख ९६ हजार रुपैयाँको आलु भित्रिएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीसमेत रहेका भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

गत आवको सोही अवधिमा ७२ करोड ५६ लाख तीन हजार मूल्यबराबरको आलु आयात भएको थियो । भन्सार कार्यालयको तथ्यांकअनुसार गत आवको चार महिनामा आयात भएकोभन्दा चालू आवमा ७९ करोड ८५ लाख ९३ हजार रुपैयाँ बढी मूल्यको आलु आयात भएको छ । 

आर्थिक वर्ष ०७९/०८० को साउन महिनाभन्दा चालू आवको सोही महिनामा तीन करोड ९६ लाख ६ हजार रुपैयाँ बढीको आलु आयात भएको छ । गत आवको साउन महिनामा ६ करोड ९४ लाख ६ हजार मूल्यको आयात भएकोमा चालू आवको साउनमा १० करोड चार लाख ६२ हजार रुपैयाँको आलु आयात भएको नेपालगन्ज भन्सार कार्यालका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

त्यस्तै, भाद्र महिनामा पनि आलु आयात निकै बढेको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । गत आवमा ६ करोड ९४ लाख ६ हजार रुपैयाँको आयात भएकोमा चालू आवको भाद्रमा २७ करोड दुई लाख ५३ हजार मूल्यको आलु आयात भएको छ । यो गत आवभन्दा १० करोड ३८ लाख ३६ हजार रुपैयाँ धेरै हो । 

त्यसैगरी असोज र कात्तिक महिनामा पनि आलुको आयातमा वृद्धि भएको छ । चालू आवमा ५० करोड ८९ लाख तीन हजार रुपैयाँको आलु भित्रिएको छ । गत आवको असोजमा २६ करोड ७० लाख ४८ हजार मूल्यको आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवभन्दा चालू आवमा २४ करोड १८ लाख ५५ हजार रुपैयाँ बढी मूल्य पर्ने आलु आयात भएको छ । 

त्यसैगरी, कात्तिकमा नेपालगन्ज भन्सार नाकाबाट ६४ करोड ४५ लाख ७८ हजार रुपैयाँ मूल्यको आलु नेपाल भित्रिएको छ । गत आवमा ३८ करोड ९० लाख ५९ हजार रुपैयाँ मूल्य पर्ने आलु आयात भएको थियो । चालू आवमा गतवर्षभन्दा २५ करोड ५५ लाख १९ हजार बढी मूल्यको आयात भएको भन्सार अधिकृत लम्सालले बताए । 

 प्याज आयात दोब्बरले वृद्धि 
आव ०७९/८० को चार महिनामा १२ करोड ७८ लाख ६१ हजार मूल्यको प्याज आउँदा चालू आवको सोही अवधिमा प्याज आयात पनि दोब्बरले बढेको छ । चालू आवको कात्तिकसम्म २५ करोड ६२ लाख एक हजार मूल्य पर्ने प्याज आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले जानकारी दिए । त्यस्तै, चालू आवकै चार महिनामा १७ करोड ३० लाखभन्दा बढीको जिरा आयात भएको छ । गत आवमा सोही अवधिमा १० करोड ७५ लाख पाँच हजार मूल्यको जिरा आयात भएको थियो ।

ad
ad