१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २० बुधबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पको पुनर्निर्माणबारे छलफलका लागि समितिको बैठक बोलाउन सांसद डाँगीको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २० बुधबार १७:१८:००

रास्वपा सचेतक निशा डाँगीले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी आवास र पुनर्निर्माणबारे छलफल चलाउन संसदीय समितिसमक्ष माग गरेकी छिन्।

आफू सदस्य रहेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलाई चिठी लेख्दै सांसद डाँगीले पुनर्निर्माण र पुनर्स्थापनामा भएका प्राविधिक चुनौती र स्थिति सुधारका मापदण्ड तय गरी सरकारलाई मार्गनिर्देशनका लागि विज्ञको टोलीसहित प्रतिनिधिलाई बोलाएर समितिमा अविलम्ब बैठक बोलाउन माग गरेकी हुन्।

सांसद डाँगीले जाजरकोट, रुकुम पश्चिममा भूकम्पपश्चात् पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी जानकारी यथाशीघ्र समितिलाई उपलब्ध गराइदिन सम्बन्धित सरोकारवाला निकायलाई अनुरोधसमेत गरेकी छिन्।