मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १९ मंगलबार १५:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १५:१२:oo

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ। 

न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो। 

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मंसिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाऊ आदेश जारी गरी आजका लागि पेसी तोकेको थियो। 

अदालतले उक्त विवादमा यही मंसिर १५ गतेभित्र लिखित जवाफ माग गरीे यही मंसिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। सरकारले गत कात्तिक २७ गते सामाजिक सदभावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।