मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Friday, 14 August, 2026
तस्बिर : एएफपी
रासस गाजा
२o८o मङ्सिर १८ सोमबार १८:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १५ हजार नाघ्यो

Read Time : < 1 मिनेट
रासस, गाजा
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १८:४o:oo

गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजरायली हमलामा मर्ने प्यालेस्टिनीहरूको संख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको संख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए।

उनका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौँ घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमै राखेर भइरहेको छ।

उनले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा र शय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने बाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संसाधनको कमी रहेको बताए।

घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना गर्दै किद्राले इजरायल–हमास युद्ध सुरु भएपछि चार सय तीनजनालाई मात्र उपचारका लागि गाजापट्टी छाड्ने अनुमति दिइएको उल्लेख गरे।

चिकित्सा आपूर्ति, औषधि र इन्धनको प्रवाह सुनिश्चित गर्नका लागि सुरक्षित मानवीय मार्गको माग दोहोर्‍याउँदै उनले घाइते र रोगीहरूलाई सहज उपचारका लागि विदेश जान अनुमति दिन आग्रह गरेका छन्।