Skip This
स्कुल बसको ठक्करबाट लुम्बिनीमा दुईको मृत्यु, एक गम्भीर घाइते 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Saturday, 27 July, 2024
दीपेश पछाई लुम्बिनी
२o८o मङ्सिर १६ शनिबार ११:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्कुल बसको ठक्करबाट लुम्बिनीमा दुईको मृत्यु, एक गम्भीर घाइते 

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार ११:४o:oo

बसको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुहरूको मृत्यु भएपछि स्थानीयद्वारा स्कुल बसमा आगजनी 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-४ महुबारीमा स्कुल बसको ठक्करबाट दुईजनाको ज्यान गएको छ। एकजना गम्भीर घाइते भएका छन्। घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइहरेको छ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं-४ का २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुबिना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, सोही ठाउँकै १७ वर्षीया अप्सना खातुनको गम्भीर अवस्थामा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

लुम्बिनी कर्कहवा सडकखण्डअन्तर्गत लुम्बिनीबाट कर्कहवातर्फ जाँदै गरेको लु१क १७७८ नम्बरको सिद्धार्थ बोर्डिङ स्कुल सूर्यपुराको बसले लु१प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।  

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार बसको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुहरूको मृत्यु भएपछि स्थानीयले स्कुल बसमा आगजनी गरेका छन्। घटनापछि बसचालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ। घटनास्थलमा अहिले ठूलो संख्यामा स्थानीयहरूले प्रदर्शन गरेका छन्।