Skip This
नेपाल सुपर लिगमा चितवनको पहिलो जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o मङ्सिर १६ शनिबार o८:३९:oo
Read Time : > 1 मिनेट
खेलकुद

नेपाल सुपर लिगमा चितवनको पहिलो जित

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार o८:३९:oo

दोस्रो नेपाल सुपर लिग (एनएसएल)को आफ्नो तेस्रो खेलमा एफसी चितवनले पहिलो जित निकालेको छ । अघिल्लो संस्करणमा जितविहीन चितवनले दशरथ रंगशालामा एनएसएलमै पहिलो जित निकाल्ने क्रममा नयाँ टोली वीरगन्जविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धामा तीनै गोल सानदार रहे । चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रिनले गोल गरे । वीरगन्जका आइकिन्स बाफोरले एक गोल फर्काए । चितवन चार अंकसहित पाँचौँ स्थानमा उक्लेको छ । दुई खेलमा पराजित वीरगन्ज आठौँ स्थानमा रह्यो ।

समग्रमा चितवनले एनएसएलमा नौ खेल खेल्दा तीन खेल बराबरी खेलेको छ । पहिलो संस्करणमा भरत खवास मार्की रहेको चितवन मेघराज केसीको प्रशिक्षणमा रहेको थियो । चितवनका भारतीय प्रशिक्षक मेहराजुद्धिन वाडूले सबैको मिहिनेतले जित निकाल्न सफल भएको बताए । भारतीय राष्ट्रिय टोली हुँदै आइएसएल टोली चेन्नईको खेलाडी र प्रशिक्षक रहेका वाडूले जित सहज नभएको प्रतिक्रिया दिए । 

‘यो जित निकै महत्वपूर्ण रह्यो । सबैका लागि यो विशेष दिन हो,’ उनले भने, ‘आज भएका तीनै गोल उत्कृष्ट थिए । वीरगन्जले पनि राम्रो खेल्यो । हामी गोल गर्न सफल भयौँ ।’ वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले चितवनविरुद्ध कमजोरी सुधार गरेर खेले पनि फिनिसिङमा चुकेको बताए । उनले विदेशी खेलाडी घाइते हुँदा आक्रामक बलियो नभएको स्विकारे । 

‘पछिल्लो खेलमा भन्दा सुधार गरेर खेलेका छौँ । तर, हामी फिनिसिङमा चुक्यौँ,’ सनोजले भने, ‘विदेशी खेलाडी नै घाइते छन् । जसले गर्दा आक्रामणमा समस्या छ । लगातार खेल्दा झनै समस्या बढ्दै गएको छ ।’ यसअघि चितवनले पोखरा थन्डर्ससँग १–० ले पराजित हुँदा काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरी खेलेको थियो । 

विमलको अग्रता 
दशरथ रंगशालामा शुक्रबार चितवनका आइकोनिक स्ट्राइकर विमलले २८औँ मिनेटमा १–० को अग्रता दिलाए । मिडफिल्डर रोशन रानामगरले निकालेको उत्कृष्ट ‘थ्रु’ बललाई नियन्त्रणमा लिँदै विमलले वीरगन्जका गोलरक्षक दीप कार्कीसँग ‘वान भर्सेस वान’ अवस्थामा उत्कृष्ट गोल गरे । एनएसएलकै लागि अस्ट्रेलियाबाट विमल स्वदेश फर्किएका हुन् । एनएसएलमा उनको पहिलो गोल हो । काठमाडौंविरुद्ध भारतीय रेफ्रीले विमललाई गोल दिए पनि त्यसलाई सच्याइएको छ । जुन गोल अफसाइड रहेको थियो । 

खेलको ५५औँ मिनेटमा आइकिन्स बाफोरले वीरगन्जलाई १–१ को बराबरीमा फर्काए । विलियम आइसेडु ओपोकुको कर्नरमा बाफोरले हेडिङ गोल गरेका हुन् । खेलको ६८औँ मिनेटमा टोरिक जेब्रिनले चितवनलाई २–१ को अग्रता दिलाए । उनले विमलको पासमा गोल गरेका हुन् । 

चितवनको प्रदर्शन 
२–१    वीरगन्ज
१–१    काठमाडौं
०–१    पोखरा
१–२    काठमाडौं 
१–२    पोखरा
०–२    विराटनगर
२–२    बुटवल–लुम्बिनी 
०–३    धनगढी एफसी
१–१    ललितपुर