Skip This
१५ महिना कार्यकाल बाँकी छँदै वीर अस्पतालका कार्यकारी निर्देशकलाई हटाइयो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १६ शनिबार o७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१५ महिना कार्यकाल बाँकी छँदै वीर अस्पतालका कार्यकारी निर्देशकलाई हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार o७:३o:oo

वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई हटाइएको छ। बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले डा. पौडेललाई मन्त्रालयमा तान्ने निर्णय गरेको हो।

मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले डा. पौडेललाई मन्त्रालयमा हाजिर हुन आउने भन्दै शुक्रबार पत्राचारसमेत गरेको छ। नियमअनुसार वीर अस्पतालको कार्यकारीको जिम्मेवारी अवधि दुई वर्ष हो। तर, पौडेलको जिम्मेवारी १५ महिना बाँकी छँदै हटाइएको छ।

निर्देशक पौडेलले आफूलाई हटाउनुको कारणबारे जानकारी नभएको बताए। उनले आफूलाई मन्त्रालयमा हाजिर हुन भनेर पत्र आएको जानकारी दिए। ‘यो अधिनायकवाद शैली हो, काम गर्दागर्दै र सुधार गर्न खोज्दा पत्र आयो,’ उनले भने।