
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘म्याक्सचेन्ज मेला’ आयोजना गर्न लागेको छ । कम्पनीले जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने मेला आयोजना गर्न लागेको हो ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ । १५ देखि १७ मंसिरसम्म टाटा मोटर्सको सोरुम थापाथली र सल्लाघारी भक्तपुरमा मेला आयोजना हुने जनाइएको छ ।
म्याक्सचेन्ज मेलामा निःशुल्क रूपमा इभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्रमार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार रहेको उल्लेख छ । मेलामा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने जनाइएको छ ।