Skip This
हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १५ शुक्रबार १o:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १o:o३:oo

नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ योजना ल्याएको छ । कम्पनीले ग्राहकले आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने योजना ल्याएको हो ।

हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको जनाएको छ । योजना नेपालभरि नै लागू भएकाले कुनै पनि हुन्डाईको सोरुमबाट यो योजनाको फाइदा लिन सकिने जनाइएको छ ।

एक्सचेन्जमा ग्राहकले आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकनभन्दा न्यूनतम ५० हजार रुपैयाँसम्म थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँसम्मको गो ग्रिन बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ । विभिन्न मोडलहरूको खरिदमा ६ लाख रुपैयाँसम्म छुटका साथै हुन्डाई सोरुममा गएर आफ्नो गाडीको मूल्यांकन गराइ र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ । 

योजनामा सहभागी भई आफ्नो रोजाइ र आवश्यकताअनुसार हुन्डाइको गाडी छनोट गर्न सक्ने जनाइएको छ । हुन्डाईका कम्प्याक्ट एसयुभी, एसयुभी, इभी र ह्याचब्याक उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारप्राप्त गाडी भएकाले उत्कृष्ट प्रविधिका रहेको कम्पनीको दाबी छ । सबै गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध रहेको जनाइएको छ 

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ सोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वाइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।