Skip This
हिमालय खबरबाट भूकम्प प्रभावित पत्रकारका लागि एक लाख ३४ हजार सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १४ बिहीबार २३:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमालय खबरबाट भूकम्प प्रभावित पत्रकारका लागि एक लाख ३४ हजार सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार २३:२o:oo

जाजरकोट र रुकुम पश्चिममा १७ कात्तिकमा गएको भूकम्पका कारण जनधनको ठूलो क्षति हुनाका साथै सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित हुन पुगेकोमा हिमालयखबर मिडिया इन्कबाट भूकम्प प्रभावित पत्रकारहरुको लागि सहयोग प्रदान गरिएको छ । 

हिमालयखबरले स्थलगत अध्ययनपश्चात् हिमालयखबर मिडिया इन्कमार्फत संकलित रकम एक लाख ३३ हजार ९७३ रुपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेललाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गरेका हुन् । 

हिमालयखबरका तर्फबाट विजय घिमिरे, रामचन्द्र भट्ट, विकाशराज न्यौपाने, सुजन पण्डित, सुपेन्द्र बस्नेत, सरोज काफ्ले, विनय देवकोटा, दिनेश कार्की,ओजेश उप्रेती, गोकुल श्रेष्ठ, विशाल शर्मा, भीषण न्यौपाने, टंक काफ्ले, सोफिंन थापा, प्रकाश श्रेष्ठ (मालिका केशरी), सूर्य थापा, भोजबहादुर बलायर, श्रीकृष्ण गौतम, बिमल बराल, शैलेश आचार्य, तारा बराल, बिटु बराल, बद्रि गौतम र केशव भट्टराईले सो रकम संकलन गरेका थिए । 

नेपाल पत्रकार महासंघको पत्रअनुसार अमेरिकामा बस्ने पत्रकार साथीहरुको तर्फबाट जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर तथा १० वटा सञ्चारमाध्यमको कार्यालयलाई सहयोगार्थ हिमालयखबर मिडिया इन्कले सहयोगको आह्वान गरेको थियो । 

हिमालयखबरको तर्फबाट यसअघि पनि विभिन्न सामाजिक गतिविधि एवं पत्रकारका लागि सहयोग स्वरुप रकम संकलन गरिएको थियो । नेपाल पत्रकार महासंघमार्फत भूकम्पबाट प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सहयोग गर्न पाउँदा खुसी लागेको र संकटको समयमा पीडामा परेका पत्रकार साथीहरुलाई सानो भए पनि राहतको मलहम लगाउने प्रयास गरिएको हिमालयखबरका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकाशराज न्यौपानेले बताए ।

बिहीबार हिमालयखबर मिडिया लिन्क परिवारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितत पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा नेपाली रुपैयाँ एक लाख ३३ हजार ९७३ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

उक्त सहयोग रकमको चेक महासंघको कार्यालयमा पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेललाई हिमालय खबरका सल्लाहकार सम्पादक तारा बरालले हस्तान्तरण गरे । सो अवसरमा महासंघका महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।