Skip This
मकवानपुर दुर्घटना : मृतकको पहिचान खुल्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १४ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर दुर्घटना : मृतकको पहिचान खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १५:३३:oo

मकवानपुरगढी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनाका मृतकको पहिचान खुलेको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मकवानपुरगढी– २ कुर्ले पाखा बस्ने ३४ वर्षकी रूपा स्याङ्तान र उनकी ४–५ महिनाकी छोरी रहेका छन्।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। बिहीबार दिउँसो पालिकाको वडा नम्बर २ धवाडीपुलस्थित भित्रीसडकखण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

दुर्घटनामा मकवानपुरगढी– २ कुर्ले पाखाका ३५ वर्षीय भीमबहादुर स्याङ्तान घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

घाइते स्याङ्तानको हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रवक्ता भण्डारीले बताए।

घाइते स्याङ्तान मृतक रूपाका श्रीमान् हुन्। आफैँ अनियन्त्रित भई मोटरसाइकल पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएको छ।