
प्रमुख प्रतिपक्षी दल एमालेको ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ सुरु भएको छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म चल्ने संकल्प यात्राको आज बैतडीको झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरे ।
नेपाली झन्डा झन्डोत्तोलन गरेर सुरु भएको संकल्प यात्रामा एमालेका नेता–कार्यकर्ता र शुभचिन्तक सहभागी रहनेछन् । यात्राको रुट यस्तो रहेको छ ।