१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:१५:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । उनले बागमती प्रदेशको संसदीय समितिको सभापति चयनको विषयमा छलफल गर्न बैठक आह्वान गरेको बताएका छन् ।

‘संसदीय समितिको सभापति चयन नभएको लामै समय भयो । सभापतिमा सबै दलहरुको आ–आफ्नै दाबी छ । कसरी सहमतिमा जान सकिन्छ भनेर छलफल गर्न सर्वदलीय बैठक बोलाएको हुँ,’ उनले भने । मुख्यमन्त्री जम्कट्टेलले समसामयिक राजनीतिक विषयहरूमा पनि बैठकमा छलफल हुने बताए ।

बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समिति छन् । गत असारमा संसदीय समिति गठन गर्दै दलहरूले समितिका सदस्यहरूको टुंगो लगाएका थिए । तर, त्यसयता पटकपटक छलफल भए पनि समितिहरूको सभापति भने चयन हुन सकेको छैन । बैठकको सभाध्यक्षता समितिका ज्येष्ठ सदस्यहरूले गर्दै आएका छन् ।
 

ad
ad