Skip This
सरकारी दस्तखत किर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
रासस उदयपुर
२o८o मङ्सिर १३ बुधबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी दस्तखत किर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

Read Time : < 1 मिनेट
रासस, उदयपुर
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १७:१२:oo

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत किर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन्। उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

चौधरीका अनुसार नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको किर्ते हस्ताक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो।

उजुरी परेपछि सम्पर्कविहीन रहेका ढकाललाई प्रहरीले खोजी गरेर पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रनाउ चौधरीले बताए। 

नगर प्रमुख वसन्तकुमार बस्नेतले ढकालले त्रिनपाको राजस्व शाखामा रहँदा विभिन्न जनप्रतिनिधिका नाममा किर्ते हस्ताक्षर गरेर गलत आर्थिक गतिविधि गरेको अख्तियारमा उजुरी परेपछि पक्राउ गरी कारबाही गर्न अख्तियारको पत्र आएकामा प्रहरीले सोहीका आधारमा पक्राउ गरेको बताए।

ढकालविरुद्ध एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रनाउ चौधरीको भनाइ थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार ढकालविरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।