Skip This
बुटवल उद्योग वाणिज्य संघमा सदस्य र परामर्शदाता चयन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १२ मंगलबार १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवल उद्योग वाणिज्य संघमा सदस्य र परामर्शदाता चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १५:२५:oo

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा कार्यसमिति सदस्य मनोनीत गरिएको छ। संघको कार्यसमिति बैठकले विधानबमोजिम मनोनीत गर्नुपर्ने कार्यसमिति सदस्य मनोनीत गरेको हो।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उद्योग सदस्य पदमा सुरेन्द्रमुनि शाक्य, वाणिज्य सदस्य पदमा नरिश्वर शर्मा पौडेल र कृषि सदस्य पदमा मोहम्मद याकुवलाई मनोनीत गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।

त्यस्तै, बैठकले परामर्शदाता पनि चयन गरेको छ। राजस्व परामर्शदातामा सिए हरि लम्साल, कानुनी परामर्शदातामा अधिवक्ता बाबुराम पाण्डे, सूचना तथा सञ्चार परामर्शदातामा पत्रकार दामोदर खनाल, पर्यटन परामर्शदातामा पत्रकार महेन्द्र थापा, कृषि परामर्शदातामा प्रदीप शर्मा पौडेल, बिमा परामर्शदातामा रमेशबहादुर थापा, पूर्वाधार तथा प्राविधिक परामर्शदातामा इन्जिनियर कुशुम ज्ञवाली, आर्थिक परामर्शदातामा नारायण घिमिरे र औद्योगिक क्षेत्र प्रवर्द्धनमा रत्नहरि गौतमलाई चयन गरिएको छ।

त्यसैगरी, आन्तरिक समिति पनि चयन गरिएको छ। आन्तरिक समितितर्फ सामाजिक तथा मेलमिलापमा निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, अन्तर्राष्ट्रिय–राष्ट्रिय उद्योग तथा व्यापार अनुगमन, ओएसएस, पदपूर्तिमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, ऊर्जा उद्योग, रोजगारदाता, अन्तर्राष्ट्रिय सम्बन्धमा उद्योग उपाध्यक्ष सुरज भट्टराई, कर राजस्व भन्सार तथा स्थानीय तह समन्वयमा वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, सचिवालय तथा कर्मचारी व्यवस्थापन तथा परिचालनमा महासचिव मुक्तिप्रसाद अधिकारी, आर्थिक स्रोत तथा लेखा व्यवस्थापनमा कोषाध्यक्ष वसन्तप्रसाद ढकाल, कार्यालयको आन्तरिक तथा कार्यक्रम व्यवस्थापनमा सचिव प्रतीक पोखरेल र व्यावसायिक हित कोष तथा बिमामा सहकोषाध्यक्ष धनाकुमारी खनाललाई जिम्मेवारी प्रदान गरिएको छ।

त्यस्तैगरी, कार्यसमिति सदस्य निर्मित कसजूलाई कार्यशाला तथा तालिम व्यवस्थापन, कार्यसमिति सदस्य बालकृष्ण पौडेललाई उद्योग, व्यापार, पत्रिका प्रकाशन तथा सार्वजनिक–निजी साझेदारी कार्यक्रम व्यवस्थापन र कार्यसमिति सदस्य उमेश अमात्यलाई स्टार्टअप बिजनेसको जिम्मेवारी प्रदान गरिएको महासचिव अधिकारीले जानकारी दिए।