Skip This
नेप्सेमा पुनः करेक्सन, लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौंं
२o८o मङ्सिर ११ सोमबार १५:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा पुनः करेक्सन, लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १५:३२:oo

साताको दोस्रो दिन सोमबार नेप्से सूचक ११.२७ अंकले घटेर एक हजार आठ सय ९६.६७ बिन्दुमा आइपुगेको छ।

अघिल्लो दिन करिब अढाई महिनापछि १९ सय बिन्दुमा उक्लिएको बजार यस दिन पुनः ओर्लिएको हो। बजारमा आएको उत्तारचढावले लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत गर्छ।

यसै साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै छ। समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाएको सीमा हटाउने, जोखिम भार एक सय ५० बाट एक सयमा झार्ने अड्कलबाजी चलेको छ। यद्यपि, अघिल्लो दिन बजार उच्च अंकले बढेको हुँदा यस दिन पुनः करेक्सनको रूपमा समेत लिन सकिन्छ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ९० कम्पनीको  ६० लाख १७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ।

आज सर्वाधिक कारोबार भएका सोनापुर मिनरल्स एन्ड आयल, रिलाइबल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु बैंक लिमिटेड प्रमोटर सेयर र शिवम् सिमेन्टको पाँच करोड १६ लाख रुपैयाँदेखि सात करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ।

घटेको बजारमा पनि अपर स्याङ्जे हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, शुभम पावर लिमिटेड र विशाल बजार कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतदेखि ७.७२ प्रतिशतले बढेको छ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक घटेको छ। त्यस्तै, एनआइसी एसिया ब्यालेन्स फन्ड, स्वरोजगार लघुवित्त  वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ३.८२ प्रतिशतदेखि ५.६८ प्रतिशतले घटेको छ।