Skip This
सामाजिक सदभाव खलबल पार्ने कोसिसप्रति सचेत हुनुपर्छ : प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १० आइतबार o८:४१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामाजिक सदभाव खलबल पार्ने कोसिसप्रति सचेत हुनुपर्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार o८:४१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव खलबल पार्ने कोसिसप्रति सचेत हुुनुपर्ने बताएका छन् । विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक शनिबार लोकार्पण गर्दै उनले राष्ट्रिय एकता कायम, राष्ट्रिय स्वाधीनता सुदृढ र राष्ट्रिय स्वतन्त्रताको संरक्षण माक्र्सवादीहरूले गर्ने बताए । 

जनयुद्धमा जातीय, धार्मिक र सांस्कृतिक द्वन्द्वको घटना नभएको उनले दाबी गरे । ‘सबै जातजाति, भाषाभाषी, वर्ग, समुदाय एक भएर परिवर्तनका निम्ति लडे । राष्ट्रिय एकताको प्रवद्र्धन त्यसले गरेको थियो,’ प्रचण्डले भने, ‘तर अहिले एकथरी मान्छेहरू जातीय रूपले पनि साम्प्रदायिकता फैलाउने, धार्मिक अतिवाद र त्यसबाट असहिष्णुता, सामाजिक सद्भाव खलबल पार्ने कोसिस गरिरहेको देखिन्छ । यसले के बताउँछ भने राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने भनेको पनि माक्र्सवादीहरूले नै हो ।’ 

भविष्यमा पुस्तालाई कस्तो पर्यावरण दिएर जान्छौँ भन्ने प्रश्न निकै संवेदनशील रहेको उनले बताए । प्रचण्डले कोप सम्मेलनमा अधिकारको विषय उठाउने बताउँदै जलवायु परिवर्तनले अविकसित तथा विकासोन्मुख मुलुक सबैभन्दा ठूलो जोखिम रहेको उल्लेख गरे । 

शनिबार नै प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित खुसीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुसीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन कार्यक्रममा प्रचण्डले भारत प्रवासमा रहेका लाखौँ नेपाली संगठित नभएको भए जनयुद्ध अगाडि बढाउन र देशमा गणतन्त्र ल्याउन मुस्किल पर्ने स्मरण गरेका छन् । भारतमा रहेका नेपाली संगठित भएकै कारण भूमिगत रूपमा धेरै सहयोग मिलेको बताए । ‘भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अगाडि बढ्ने र त्यसले गणतन्त्र ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिज भूमिगत रूपबाट सहयोग प्राप्त ग¥यौँ । भारत प्रवासमा उनले संगठन विस्तारमा ऐतिहासिक भूमिका खेलेको उनले बताए ।