Skip This
बागमतीले हरायो आयोजकलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ८ शुक्रबार o६:३१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बागमतीले हरायो आयोजकलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार o६:३१:oo

बागमती प्रदेशले प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा जित निकालेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा पोखरामा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बागमतीले आयोजक एकेडेमीको रातोलाई १०९ रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रनको योगफल तयार गर्‍यो । प्रत्युत्तरमा आयोजक रातोले १४.२ ओभरमा अलआउट हुँदै स्कोर बोर्डमा ७५ रन जोड्यो । 

बागमतीका म्यान अफ दी म्याच रित गौतमले ५३ बलमा ७४ रनको योगदान दिए । उनले आठ चौका र तीन छक्का प्रहार गरे । बागमतीका शुभ कंसाकारले २२ बलमा २७ रन जोड्न चार चौका र एक छक्का हिर्काए । बागमतीका कप्तान सन्दीप लामिछानेले चार बलमा तीन छक्काको सहयोगमा १८ रन बटुले । गौरव खड्काले १७ र प्रतीक श्रेष्ठले १४ रन जोडेका थिए ।

आयोजक रातोका लागि कप्तान अमर मिश्रले आठ बलमा १३ रन बनाए । विजय प्रजापतिले १८ बलमा दुई चौकाको सहयोगमा १३ रन बटुले । सन्तोष यादवले १२ र निर्मल थापाले १० रन बटुले । बागमतीका सन्दीपले चार विकेट लिए । सुवास खत्रीले तीन विकेट हात पारे । प्रतिस जिसीले दुई र रिजन ढकालले एक विकेट लिएका थिए । आयोजक रातोका विप्रसन केसीले बागमतीका तीन खेलाडीलाई आउट पारे । 

खेलकुदले देशको पहिचान र गरिमालाई माथि उठाउन सक्छ : ओली
एमाले अध्यक्ष केपी ओलीले खेलकुदको माध्यमबाट देशको पहिचन र गरिमा माथि उठाउन सकिने बताएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले क्रिकेट नेपालमा अलि पछि नै सुरु भएको जनाए ।

‘नेपालमा क्रिकेट पछि सुरु भएको हो, तर हामी बिस्तारै क्रिकेटको क्षेत्रमा सफलतापूर्वक अघि बढिरहेका छौँ,’ उनले भने, ‘आज हामी विश्वस्तरमा प्रतस्पर्धा गर्न सक्ने स्थितिमा पुगेका छौँ ।’ उनले सरकार र अन्य संस्थाले दिन बाँकी रहेको रकम क्रिकेटले तत्काल पाउनुपर्ने र उनीहरूले नपाउँदा आफूलाई दुःख लागेको जनाए । 

‘क्रिकेट खेलाडीले यसअघि नै पाएका पुरस्कार उठाउन बाँकी छ, बक्यौता होला, त्यो राम्रो कुरा होइन, तर हाम्रा खेलाडीको उत्साह र मनोबलमा भने कुनै कमी आएको छैन,’ उनले भने, ‘हामीसँग राम्रो खेल मैदान पनि छैन, हामी निर्माणको क्रममा रहेको मैदानमा खेल्दै छौँ ।’ खेलाडीलाई प्रोत्साहित गर्ने र खेल्न अनुकूल वातावरण सिर्जना आवश्यक भएको उनको भनाइ छ । ‘खेललाई गौरव र क्षमताको विषय पनि बनाउन आवश्यक भइसकेको छ,’ उनले भने, ‘खेलकुदको माध्यमबाट देशको पहिचान र गरिमालाई माथि उठाउने सकिन्छ ।’