Skip This
टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:१७:oo

 टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा आएका छन् । कम्पनीका उत्पादनहरू पोभा ५ र क्यामोन २० नेपाली बजारमा उपलब्ध हुने भएका हुन् । टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली उपभोक्ताको आवश्यकता र रोजाइलाई मध्यनजर राख्दै बजारमा ल्याएको जनाएको छ ।

पोभा मोबाइल सिरिजअन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा ५ विशेष गरी मोबाइल गेमिङमा रुचि राख्नेहरूले निकै रुचाउने वितरक कम्पनीले विश्वास व्यक्त गरेको छ । ८+८ जिबीको र्‍याम, १२८ जिबीको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जरसहितको यो मोबाइलले अल्टिमेट गेमिङको अनुभव दिने कम्पनीको भनाइ छ । यसमा ६ हजार एमएएचको ब्याट्री, ६.७८ इन्चको डिस्प्ले रहेको उल्लेख छ । 

यो फोनमा जडित ‘भ्यापर च्याम्बर’ले फोन नतात्ने र ६ एनएम प्रोसेसरले ल्यागिङ समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ । यसमा ५० मेगापिक्सेलको एचडी डुअल रेयर क्यामरा रहेको कम्पनीले जनाएको छ ।  

त्यस्तै, क्यामोन २० मोबाइल फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरूको रोजाइमा पर्ने कम्पनीको भनाइ छ । यसमा ६४ मेगापिक्सलको सुपर नाइट रेयर क्यामरा र ३२ मेगापिक्सलको एआई सेल्फी क्यामरा रहेको तथा ७.८ मिमि पातलो डिजाइनको भएको कम्पनीले जनाएको छ । ६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर रहेको कम्पनीको दाबी छ । क्यामोन २० को ५ हजार एमएएच ब्याट्री र ८+८ जिबी ¥यामले प्रयोगकर्तालाई अभूतपूर्व अनुभव दिने वितरक कम्पनीको भनाइ छ । 

ad
ad