मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
मोहन विष्ट कञ्चनपुर
२०८० मङ्सिर ४ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आरक्षपीडितलाई मन्त्री साउदको आश्वासन- पुनर्स्थापना अब आयोगबाटै हुन्छ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० मङ्सिर ४ सोमबार १७:०१:००

परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडितका समस्या अब आयोगबाटै समाधान हुने बताएका छन्। सोमबार कृष्णपुरमा आरक्षपीडितसँग छलफल गर्दै मन्त्री साउदले पीडितको समस्या अब आयोगबाटै समाधान गरिने बताएका हुन्। 

मन्त्री साउदले कञ्चनपुरका आरक्षपीडितको समस्या अब आयोगबाटै समाधान हुने र याे अन्तिम आयोग हुनेसमेत दाबी गरे। ‘अहिलेसम्म धेरै आयोग बने, तर अब बन्ने आयोग शक्तिशाली बनाउन सरकार लागि परेको छ। अब पीडितको पुनर्स्थापना आयोगबाटै हुन्छ।’ 

सरकारले अब पीडितलाई नपर्खाउने बताउँदै मन्त्री साउदले यसपटक न्यायिक आयोग बनेको बताए। ‘आरक्षपीडितको समस्या अन्तिमका लागि समाधानका लागि अधिकार सम्पन्न आयोग बनाए पठाउँछौँ, ‘मन्त्री साउदले भने, ‘विगतभन्दा यो आयोगले पीडितको माग सम्बोधन गर्छ।’ 

उनले पीडितलाई जमिन वा जमिन दिन नसके मुआब्जा दिने गरेरै भए पनि सरकारले त्यही तयारी गर्ने र विगतका आयोगले गरेका कामलाई समेत आधार बनाएर वास्तविक पीडितलाई पुनर्स्थापना गरिने बताए।

‘अब आयोग गठन भइसकेको छ, सरकार पीडितकै पक्षमा लागेको छ, ‘उनले भने, ‘पीडितको पुनर्स्थापना ६ महिनामै टुंग्याउनुपर्छ।’ मन्त्री साउदले पीडितको पुनर्स्थापनाका लागि आफूले सबै क्षेत्रमा पहल गर्ने आश्वासन दिए। 

आरक्षपीडित संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले अब पीडितको पुनर्स्थापनाका लागि सरकारले विलम्ब गर्न नहुने बताएका छन्।

आरक्षपीडितका अगुवासमेत रहेका भट्टले पीडितको समस्यालाई आफ्नै समस्या सम्झिएर समाधान गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएका छन्। ०५८ सालमा अन्तिमपटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरूको अझै पुनर्स्थापना नहुँदा उनीहरू विभिन्न स्थानमा झुपडी बनाएर बस्न बाध्य भएका छन्।