१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ३ आइतबार ०७:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको नाफा पहिलो त्रैमासमा १५.७९ करोड  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ३ आइतबार ०७:३३:००

नेपाल लाइफ इन्स्योरेन्सले चालू आवको पहिलो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफामा १०.२५ प्रतिशत वृद्धि भएकोे छ । यस त्रैमासकको अन्त्यसम्म कम्पनीको जगेडा तथा कोषमा करिब ७९.३३ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो आवको अन्त्यसम्मका आधारमा २१.८१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब १६५ अर्ब ५२ करोड रहेको ग्रस इन्स्योरेन्स ल्याबिलिटिज ५.८६ प्रतिशतले बढेर १७५ अर्ब २१ करोड पुगेको छ । त्यस्तै, महाविपत्ति कोषमा १०२ करोड रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । प्रकाशित विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यमा करिब एक अर्ब ३८ करोड भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था गरिएकोमा अहिले ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ । आगामी दिनमा दाबी भुक्तानी प्रक्रिया झन् सरल हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

कम्पनीले असोज मसान्तसम्ममा १० अर्ब ९३ करोड कुल बिमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । यसैगरी, कम्पनीले एक अर्ब ५८ करोड प्रथम बिमाशुल्क आर्जन गरेको छ, जुन समीक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ ।

भूकम्प प्रभावितलाई दियो राहत सामग्री
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पबाट पीडित जनताका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतका लागि कम्पनीले १० लाख रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराएको हो । कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बरबहादुर रावतलाई दुई सय थान, भेरी नगरपालिकाका नगर प्रमुख दलबहादुर घर्तीलाई दुई सय थान र आठबिसकोट नगरपालिका रुकुम–पश्चिमअन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुमबहादुर पुनलाई तीन सय थान गरी कुल सात सय थान कम्बल हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ कम्बल प्रदान गरिएको बताए । भूकम्प प्रभावित क्षेत्रमा निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए ।