१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २५ बिहीबार १७:१५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२ करोड बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २५ बिहीबार १७:१५:००

नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएको छ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बिमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ। जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले समीक्षा अवधिमा रु. ३ अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो।

कम्पनीका अनुसार नवीकरण बिमा शुल्क १६ अर्ब ८३ करोड रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब  ९७ करोड रुपैयाँ नवीकरण बिमा शुल्क आर्जन गरेका थियो।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६८२.०५ करोड खुद दाबीभुक्तानी गरेको छ। कम्पनीले छिटो र छरितो तरिकाले बिमितहरूको दाबीभुक्तानी गर्ने नीति अवलम्बन गरेको जनाएको छ। कम्पनीले नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाबमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १८,६१०.२१ करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब १५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बिमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिब १८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको महाविपत्ति कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चिति छ। त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ।