
नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा ३२९.५२ प्रतिशत वृद्धि भएकोे छ । आठ अर्ब २० करोड चुक्ता पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई हजार ९० रुपैयाँ र औसत प्रतिफल दर १०.८४ प्रतिशत रहेको छ ।
यस त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रहेको छ । यो अघिल्लो आवको त्रैमास अन्त्यसम्मका आधारमा ९.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा करिब १३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बिमा कोष १९.८३ प्रतिशतले बढी करिब १५७ अर्ब १६ करोड पुगेको छ । महाविपत्ति कोषमा ८३ करोड रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४९ प्रतिशतले बढी हो । कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रकाशित विवरणअनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उल्लेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिब एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था गरिएकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटी ८४ करोड रुपैयाँ रहेको छ ।
यसैगरी, चैत मसान्तसम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको छ ।