मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक ३० बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ३० बिहीबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले टोली चीन प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ३० बिहीबार २o:o२:oo

नेकपा एमालेको पाँचसदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। सान्क्षी प्रान्तीय सरकारले सियान सहरमा आयोजना गरेको बिआरआई र सिल्क रोडसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एमाले टोली चीन प्रस्थान गरेको हो। 

पाँचसदस्यीय टोलीको नेतृत्व संगठन विभाग प्रमुख एवं स्थायी समिति सदस्य काशीनाथ अधिकारीले गरेका छन्। 

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार टोलीमा एमाले सचेतक महेश बर्ताैला, सांसद विद्या भट्टराई, पार्टीका सदस्य इन्द्र पौडेल र बिन्दा घटानी छन्। ६ दिने चीन भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीसँग द्विपक्षीय भेटघाटको पनि तयारी रहेको छ।