Skip This
ढुंगाले लागेर हुम्लामा एक महिलाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २७ सोमबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २७ सोमबार १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुंगाले लागेर हुम्लामा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २७ सोमबार १२:३९:oo

माथिबाट खसेको ढुंगाले लागेर हुम्लामा एक महिलाको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका- ३ उनापानी घर भएकी ३५ वर्षीया पूर्णी कार्की माथिबाट खसेको ढुंगाले लागेर घाइते भएकी थिइन्। घाइते भएकी कार्कीको उपचार गर्न जिल्लाबाहिर लैजाने क्रममा बीचबाटोमा मृत्यु भएको हो।

ढुंगाले लागेर घाइते भई उपचारका लागि कोल्टी लैजाने क्रममा अदानचुली गाउँपालिकाको वडा नम्बर ३ स्थित मकैनजिकै उनको मृत्यु भएको हो। मृत्यु भएकी कार्कीको टाउको र बायाँ हातमा चोट लागेको  थियो।  

घाइते भएलगत्तै उनलाई उपचारका लागि सर्केगाड गाउँपालिकाको सायाँ स्वास्थ्य चौकीमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सरिसल्लामा रहेको हिमाल हेल्थ क्लिनिकमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बाजुराको कोल्टी लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो।