१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०८० कार्तिक २७ सोमबार ०७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० कार्तिक २७ सोमबार ०७:०१:००

भुइँचम्पा, पटका र आतसबाजीजस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवं प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण गर्न निषेध

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ। भक्तपुर र ललितपुरमा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

'उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ।' प्रजिअ बस्नेतले भने, 'आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ।'

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुइँचम्पा, पटका र आतसबाजीजस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवं प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ। काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ।