१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राति १० बजेपछि उदयपुरमा देउसी-भैलो खेल्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:३७:oo

उदयपुरमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दै राति १० बजेछि देउसी–भैलो खेल्न रोक लगाएको हो।

शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरले एक विज्ञप्ति जारी गर्दै तिहारको अवसरमा खेलिने देउसी–भैलो राति नखेल्न अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘दीपावली एवं छठलगायतका चाडपर्व सभ्य, मर्यादित, शान्तपूर्ण वातावरणमा एक–आपसमा खुसी साटासाट गरी मनाउन अपिल गर्दै देउसी–भैलो सभ्य ढंगले राति १० बजेसम्म मात्र अनुरोध गरेको छ।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा विज्ञप्तिमा चाडपर्वको समयमा पटका, आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थ पड्काउने, किनबेच, ओसार–पसार गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, जुवा–तास, उशृंखल देउसी–भैलो एवं कानुनले निषेध गरिएका कार्य नगर्न–नगराउन सम्पूर्ण जिल्लावासीलाई अनुरोधसमेत अनुरोध गरिएको छ। 

वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री–वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाइएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘कानुनी प्रावधानविपरीत कोही–कसैले प्लास्टिकजन्य फूल, गुच्छा, मालाहरूको उत्पादन, आयात, बिक्री–वितरण वा भण्डारण नगर्न आमजनसमुदाय, व्यापारी, व्यवसायीलगायत सम्पूर्णमा अनुरोध गरिएको छ। 
 

ad
ad