१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कौशिकालयको देउसी–भैलोबाट दुई लाख संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१o:oo

बुढाथोकी क्षेत्री कौशिक गोत्र परिवार (कौशिकालय)ले आयोजना गरेको देउसी–भैलोबाट करिब दुई लाख संकलन भएको छ । ‘अभियान कुलवंश जगेर्नाको, संवर्द्धन आफ्नो संस्कार र संस्कृतिको’ भन्ने अभियानसाथ कौशिकालयले लक्ष्मी पूजाको दिन सामूहिक देउसी–भैलो खेलेको थियो । 

ललितपुरको गोदावरी, टीकाथली, इमाडोल र शोभाहिटीमा बस्दै आएका उनीहरूले सामूहिक रूपमा खेलिएको देउसी–भैलोमा सांस्कृतिक पहिरन, मौलिक गीत तथा नृत्य र महिला, पुरुष, बालबालिका, युवा तथा वयस्कहरू स्वस्फूर्त सहभागी भएका थिए । 

देउसी–भैलोबाट संकलित रकम संस्थाको बन्धु कल्याणकारी कोषमा जम्मा गरिने संस्थाका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । यस्ता गतिविधिले नेपाली कला, संस्कृतिको संवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ । देउसी–भैलोमा नृत्य प्रस्तुत गर्ने प्रतिभाहरूलाई हौसला प्रदान गर्दै उनीहरूको कलामा निखारपन ल्याउने नृत्य प्रशिक्षण अध्यक्ष बुढाथोकीले प्रतिबद्धता जनाए ।

ad
ad