नबिल बैंक लिमिटेडले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपैयाँँबराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
जिल्ला विपत् व्यवस्थापन समिति जाजरकोटले सञ्चालन गरेको एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेको जनाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर बैंकले खाद्यान्न, त्रिपाल, ब्ल्यांकेट, औषधिलगायतका एक करोड रुपैयाँँबराबरको राहत सामग्री उपलब्ध गराउने बताए ।