१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जग्गा सरकारकै स्वामित्वमा हुने गरी मात्रै निजीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:४४:oo

उद्योग प्रतिष्ठानको निजीकरण गर्दा जग्गाचाहिँ सरकारकै स्वामित्वमा राखिने भएको छ । सार्वजनिक संस्थानलाई जुनसुकै मोडलमा निजीकरण गरिँदा पनि जग्गा भने सरकारी स्वामित्वमै राखिने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा मंगलबार बसेको निजीकरण समितिको ९४औँ बैठकले निजीकरण गर्दा जग्गाको स्वामित्व हस्तान्तरण नगर्ने निर्णय गरेको हो ।

बन्द अवस्थामा रहेका उद्योग संस्थान विभिन्न मोडलमा निजीकरण गरिने, तर जग्गाको स्वामित्व सरकारमातहत नै राख्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । ‘जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्बन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेका जमिनको स्वामित्व भने नेपाल सरकारकै रहने’ उक्त बैठकले निर्णय गरेको छ । 

बैठकमा निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानको विवाद तथा समस्या समाधानलगायत विषयमा बृहत् छलफल भएको थियो । हाल नेपाल सरकारको स्वामित्वमा रहेको, तर बन्द अवस्थामा रहेका उद्योग वा प्रतिष्ठानहरू पुनः सञ्चालनका लागि अध्ययन गरेर मोडालिटी बनाइने भएको छ । ‘बन्द अवस्थामा रहेका उद्योगहरूको सम्बन्धमा कार्यदल बनाई सञ्चालनमा ल्याउन सक्ने सम्भावना र मोडालिटीका बारेमा अध्ययन गर्ने र अध्ययनको निष्कर्षका आधारमा अगाडि बढ्ने,’ बैठकले निर्णय गरेको छ ।

हाल बन्द अवस्थामा रहेका नेपाल ओरिन्यट म्याग्नेसाइटलगायत सातवटा उद्योग सञ्चालनका मोडालिटी तथा विकल्पबारेसमेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

ad
ad