Skip This
सन् २०२३ मा चीनको जिडिपी ५.४ प्रतिशतले बढ्ने प्रक्षेपण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Saturday, 27 July, 2024
रासस बेइजिङ
२o८o कार्तिक २१ मंगलबार १६:१२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सन् २०२३ मा चीनको जिडिपी ५.४ प्रतिशतले बढ्ने प्रक्षेपण

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १६:१२:oo

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले चीनको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा ५.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

आइएमएफका प्रथम उपप्रबन्धक निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ। यसले कोभिडपछिको सुदृढ सुधारलाई दर्शाउँछ।’

चीनका मिसन प्रमुख सोनाली जैन–चन्द्राको नेतृत्वमा आइएमएफको एउटा टोलीले सन् २०२३ आर्टिकल चार कन्सल्टेसनमा छलफल गर्न अक्टोबर २६ देखि नोभेम्बर ७ सम्म चीनको भ्रमण गरेको थियो।

मिसन टोलीले आर्थिक सम्भावना र जोखिम, सुधारको प्रगति र चुनौती तथा नीति प्रतिक्रियाहरूमा विचार आदान–प्रदान गर्नका लागि सरकार, जनता तथा निजी क्षेत्रका प्रतिनिधि र शिक्षाविद्हरूसँग रचनात्मक छलफल गरेको थियो।