Skip This
भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २० सोमबार १६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १६:२५:oo

नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रु. २५ लाख सहयोग गर्ने निर्णय गरेको छ। 

केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम संकलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिनबराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्नेछ।

भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ। 

कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाईं र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले जानकारी दिए। 

पार्टी महाधिवेशन आगामी माघमा गर्ने टुंगोमा पुगेको प्रवक्ता खतिवडाले बताए। उनले यसको तयारीबारे छलफल नभए पनि अधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको बताए। 

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको १५ जनाको टोली मंगलबार चीन भ्रमणमा जाने जनाउँदै प्रवक्ता खतिवडाले उक्त भ्रमणले दुई देशको कम्युनिस्ट पार्टीबीच घनिष्ट सम्बन्ध विकास गर्ने विश्वास व्यक्त गरे। 

आजको बैठकमा मेचीदेखि महाकाली हुँदै सुर्खेतसम्म १५ दिने ‘समाजवादी जागरण यात्रा’बारे समीक्षा भएको छ। रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलको तर्फबाट पहिलोपटक एक हजार दुई सय किलोमिटर लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेको बैठकले निष्कर्ष निकालेको छ।