मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Friday, 14 August, 2026
२o८o कार्तिक १८ शनिबार १७:५५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीमा मास्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १७:५५:oo

लुम्बिनी प्रदेश सरकारको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले सो अवधिसम्म कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो। 

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किँदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रवक्ता धर्मा अर्यालले बताए।

मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्युयोर्क’ र अलबेनिक ३०औँ डिस्ट्रिक्ट’ दुईवटा कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका हुन्।