Skip This
आजको मौसम :  हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १५ बुधबार १o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजको मौसम :  हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १o:१८:oo

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिक बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको, देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

अहिले काठमाडौंको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने तथा काठमाडौंमा आंशिक बदली रहने सम्भवना रहेको मौसमविद् पुडासैनीले बताए ।

यसैगरी आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।