मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक ११ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ११ शनिबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलहरूको आलोचनालाई सकारात्मक रूपमा लिएको छु : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ११ शनिबार १८:४१:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन्। 

कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक रूपमा लिएको छु।’

राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे। सभापति देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन।’

कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको जिकिर गरे। उनले भने, ‘दलभित्रको फरक मत हुन सक्ला, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ।’