१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चाडबाडका कारण कर्जा प्रवाह ९० अर्बले बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२२:oo

५० खर्ब पुग्यो कर्जा प्रवाह, तीन महिनामा एक खर्ब २१ अर्बले वृद्धि 

चाडबाडका कारण असोज महिनामा मात्र बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ९० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा कर्जा प्रवाह बढेर ५० खर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै, चालू आर्थिक वर्षको तीन महिनामै कर्जा प्रवाह एक खर्ब २१ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकका अनुसार चालू आवको पहिलो तीन महिनामा कर्जा प्रवाह २.४८ प्रतिशतले बढेको हो । कुल कर्जा प्रवाहमा असोज महिनामा बढी कर्जा प्रवाह भएको छ । 

दसैँ–तिहारकेन्द्रित कारोबार बढी हुने भएकाले यो महिनामा बढी कर्जा प्रवाह भएको हो । पोहोर असोजमा ३३ अर्बले कर्जा प्रवाह बढेको थियो । ०७८/७९ को असोजमा कर्जा प्रवाह ९१ अर्ब थियो । यो विस्तारसँगै असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५० खर्ब रुपैयाँ पुगेको छ । यो देशको अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादनको ९२.९१ प्रतिशत हो । 

कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने असोज मसान्तसम्मा ४४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ५२ खर्ब ४३ अर्ब रुपैयाँ छ । 

असोजमा किन बढी हुन्छ कर्जा प्रवाह ?
सामान्यतया दसैँ–तिहारमा वस्तुको माग बढी हुने भएकाले व्यवसायीले भदौ र असोजमा आयात बढाउने गर्छन् । जसकारण यस समयमा अन्य महिनाको तुलनामा बढी कर्जा प्रवाह हुने गर्छ । असोजमा चाडपर्वका कारण माग बढ्नाले कर्जा प्रवाह बढ्नु स्वाभाविक भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए । उनले भने, ‘असोजमा दसैँ–तिहारमा बढी उपभोग हुने भएकाले कर्जाको माग बढी नै हुन्छ । यसपालि पनि सोहीअनुसार कर्जा प्रवाह बढी भयो । तर, सोचेअनुरूप भने हुन सकेन ।’ 

असोजमा कर्जाको माग बढी भए पनि कात्तिकभर एक महिनासम्म कर्जाको माग ठप्पप्रायः रहने केसीको भनाइ छ । उनले अब छठपछि मात्रै कर्जाको माग बढ्ने बताए । उनले भने, ‘बिस्तारै आर्थिक गतिविधि चलायमान हुँदै गएकाले यसपालि कर्जाको माग राम्रो हुने आशा छ ।’  दसैँमा बढ्दो मागका कारण बर्सेनि असोज महिनामा डेढ खर्बसम्मको हाराहारी कर्जा प्रवाह हुने गरेको थियो । तर, कोभिडपछि दसैँ–तिहारकेन्द्रित चहलपहलमा कमी आएसँगै असोज महिनामा हुने कर्जाको विस्तार संकुचित हुँदै आइरहेको छ । 

ad
ad