खाद्यले सुरु गर्‍याे खसी, बोका र च्यांग्रा बिक्री

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी, बोका र च्यांग्रा बेच्न सुरु गरेको छ। प्रचलित बजार मूल्यभन्दा प्रतिकेजी १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री सुरु गरेको खाद्यले जनाएकाे छ।

जिउँदो खसी र बोका प्रतिकेजी ६ सय ७० रुपैयाँ तथा च्यांग्रा एक हजार दुई सय ५० रुपैयाँमा बेचबिखन भइरहेको छ। यद्यपि, दसैँका लागि सहुलियत मूल्यमा बिक्री गरेको दाबी गरे पनि खाद्यले निर्धारण गरेको मूल्य निजी व्यापारीको भन्दा प्रतिकिलो ३० रुपैयाँसम्म महँगो छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा व्यापारीहरूले जिउँदो खसी ६४० देखि ६५० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री गरिरहेका छन्।

तस्बिरहरू :

सुझावित समाचार