१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

खाद्यका खसी–बोका किलोमै ३० रुपैयाँ महँगो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१९:oo

दसैँका लागि सहुलियत मूल्यमा बिक्री गरेको दाबी गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीको मूल्य निजी व्यापारीको भन्दा प्रतिकिलो ३० रुपैयाँ महँगो निर्धारण गरेको छ । दसैँलाई लक्षित गर्दै उपत्यकाका विभिन्न स्थानमा व्यापारीहरूले जिउँदो खसी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन् । तर, उपभोक्तालाई सहुलियत द्इिने कम्पनीले भने जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ निर्धारण गरेको हो ।

निर्धारण गरेको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् । उनले भनिन्, ‘निजी क्षेत्रको बजारलाई पनि ध्यानमा राखेर, मूल्य निर्धारण गरिएको हो, त्यसमा हामीले उपभाक्तालाई छुट सहुलियत दिएका छौँ ।’

कम्पनीले खरिद गरेको खसी–बोकाको मूल्य मूल्यांकन गर्दा प्रतिकिलो सात सयसम्म पर्ने देखिएको उनको भनाइ छ । निजी क्षेत्र, किसानको मूल्य र सहुलियतलाई ध्यानमा राखेर मूल्य निर्धारण गरेको हुँदा महँगो भन्न नमिल्ने उनले बताइन् ।

व्यापारीहरूले भने आइतबारदेखि नै प्रतिकिलो ६ सय ४० रुपैयाँदेखि  ६ सय ५० रुपैयाँसम्म बिक्री गरिरहेको नेपाल खसी–बोका बिक्री तथा वधशाला व्यवस्थापक जीवनराज खतिवडाले बताए । उनले भने, ‘हामीले अहिले औसतमा ६ सय ५० रुपैयाँसम्म बिक्री गरेका छौँ, अब सप्तमी, अष्टमीमा बढीमा प्रतिकिलो सात सय रुपैयाँसम्म पर्न सक्छ ।’ उनका अनुसार  सोमबार २५ सय खसी–बोका र २२ वटा च्यांग्रा बिक्री भएको छ । च्यांग्राको मूल्य एक हजार तीन सय ५० रुपैयाँ प्रतिकिलोसम्म निर्धारण गरिएको छ ।

खाद्य व्यवस्था कम्पनीले चार करोड ३३ लाख छुट्याएको बजेटबाट दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याउनेछ । पहिलो चरणमा कम्पनीले ६ सय खसी–बोका ल्याएको छ । व्यापारीले यस वर्ष २८ सय खसी–बोका र १३ सय च्यांग्रा ल्याउने तयारी गरेका छन् ।पशुसेवा विभागका अनुसार गत वर्षको दसैँमा घटस्थापनादेखि महानवमीको अवधिमा ५४ हजार जिउँदा पशु भित्रिएका थिए । जसमा खसी–बोका, च्यांग्रा गरेर २५ हजार र पाँच सय राँगा आपूर्ति भएका थिए ।

ad
ad