मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २९ सोमबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २९ सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १३:२९:oo

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित एक कार्यक्रमबीच आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रतिवेदन पेस गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोगजस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताए। 

मुस्लिम समुदायको हकअधिकार संरक्षणमा आयोगको गहन र महत्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारे। उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरू समेटेर पेस गरेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरूलाई सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अन्सारीले आयोगले गरेका काम–कारबाहीबारे संक्षिप्त जानकारी गराए। उनले मुस्लिम समुदायको हक–अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताए।