Skip This
एउटै विद्यालयमा ३९ अक्षयकोष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Saturday, 27 July, 2024
रासस वालिङ
२o८o असोज २८ आइतबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एउटै विद्यालयमा ३९ अक्षयकोष

Read Time : < 1 मिनेट
रासस, वालिङ
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १३:२९:oo

स्याङ्जाको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको संख्या ३९ पुगेको छ । वालिङ– १० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावि र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको संख्या बढेको हो। 

विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यसहित दाताहरूले अक्षयकोषको स्थापना गरेका हुन्। पूर्णामृत भवानी माविका १९ र कालिका आधारभूत विद्यालयका २० गरी अक्षयकोषको संख्या ३९ पुगेको हो।

‘विद्यालयमा संस्थागत, सामूहिक वा व्यक्तिगत रूपमा पनि अक्षयकोष स्थापना भएका छन्,’ विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले भने, ‘दाताहरूले जुन शीर्षकका लागि अक्षयकोष स्थापना गर्नुभएको हो सोही शीर्षकमा खर्च हुन्छ।’ विद्यालयको वार्षिकोत्सवका अवसरमा दाताकै उपस्थितिमा अक्षयकोषको रकम खर्च गरिने उनको भनाइ छ।

हालसम्म विद्यालयमा स्थापना भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशिको रु. तीन लाख ३३ हजार तीन सय ३३ र थोरै राशिको रु. दश हजार ११ को रहेको छ । अक्षयकोषको व्यवस्थापन गर्न शिक्षक गोपालधन सुवेदीको संयोजकत्वमा डिल्लीराम बगाले र अर्जुनप्रसाद तिवारी सदस्य रहेको ‘अक्षयकोष छात्रवृत्ति व्यवस्थापन समिति’ गठन गरिएको छ। गरिब, जेहेनदार, सर्वोत्कृष्ट छात्रछात्रा, अतिरिक्त क्रियाकलाप, अनुशासित विद्यार्थीलगायतका विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ।

विद्यालयमा हाल अक्षयकोषको कुल रकम रु. १७ लाखभन्दा बढी पुगेको छ। उक्त विद्यालय २०१९ सालमा स्थापना भएको स्याङ्जाकै पुरानोमध्येको एक विद्यालय हो।