१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २६ शुक्रबार ११:०२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दसैँ सपिङ : बच्चालाई कस्ता कपडा किनिदिने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २६ शुक्रबार ११:०२:००

दसैँ लाग्नासाथ बच्चाहरू सपिङ जाने दिन कुरेर बस्छन् । बजारमा विभिन्न डिजाइनका कपडा पाइन्छन् । तर, तपाईंले बच्चालाई सुहाउँदो, स्टाइलिस र सिजनल कपडा किनिदिनु राम्रो हुन्छ । 

साइज : बालबालिकाहरू चाँडै बढ्छन् । त्यसैले उनीहरूलाई फिटिङ कपडाभन्दा पनि हल्का ओभरसाइज कपडा किनिदिनु राम्रो हुन्छ । जसकारण, उक्त कपडा उनीहरूले लामो समयसम्म लगाउन पाउँछन् । 

आरामदायी फ्याब्रिक : नरम र हावा छिर्ने खालका कपडा बच्चाका लागि राम्रो हुन्छ । कटन, सफ्ट डेनिम कपडा यसका लागि राम्रो विकल्प हो । पोलिस्टर कम प्रयोग भएका फ्याब्रिक छान्नु राम्रो हुन्छ । तन्किने वा असहज हुने खालका फ्याब्रिक नरोज्नुस् । 

सिजनल : काठमाडौंलगायत पहाडी क्षेत्रमा दसैँलगत्तै जाडो सुरु हुने भएकाले न्यानो खाले कपडा किनिदिनु राम्रो हुन्छ । फुल बाहुला भएका सर्ट, ज्याकेट, जिन्स पेन्ट किनिदिनु राम्रो हुन्छ । तराई क्षेत्रमा केही समय गर्मी कायमै रहने भएकाले हाफ बाहुला भएका कपडा पनि किन्न सकिन्छ । 

परम्परागत पहिरन : दसैँ मौलिक पर्व हो । त्यसैले नेपाली मौलिक कपडा किनिदिनु राम्रो हुन्छ । छोराका लागि दौरा–सुरुवाल, कुर्था, छोरीका लागि लेहेंगा, गुन्यु–चोलीलगायत कपडा राम्रो सुहाउँछ । 

साना बच्चाका लागि : पाँच वर्षभन्दा कम उमेरका बच्चाका लागि कार्टुन र बुट्टेदार कपडा राम्रो हुन्छ । यस्ता कपडाले बच्चामा खुसी ल्याउँछ । उनीहरूलाई कार्टुन चित्र निकै मन पर्छ । जुनसुकै कपडा किन्दा पनि क्वालिटीलाई ध्यान दिनुपर्छ । धेरै कपडा किन्नेभन्दा पनि गुणस्तरीय कपडा छान्नेतर्फ ध्यान दिनुपर्छ ।