१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:१९:oo

हतारमा सपिङ गर्दा खर्च धेरै लाग्न सक्ने भएकाले व्यवस्थित योजना बनाएर मात्रै सपिङमा जानुु राम्रो हुन्छ । सपिङको प्लान बनाउँदा सबैभन्दा पहिले तपाईंले किन्नुपर्ने सामानको लिस्ट तय गर्नुपर्छ ।

के किन्ने र कति खर्च गर्ने भन्ने योजना बनाउनुभयो भने सहज हुन्छ । किनकि, कतिपय मानिस बजारमा पुगेपछि आफू के किन्न आएको हुँ भन्ने नै बिर्सन्छन् । लिस्ट बनाउँदा समय बचत हुन्छ र आवश्यक सामानमा मात्रै तपाईंको ध्यान जाँदा अनावश्यक सामानमा खर्च हुन पाउँदैन ।

हतारमा सपिङ गर्दा न सामान राम्ररी चेकजाँच गर्न पाइन्छ, न त मज्जाले चाहेजस्तो सामान रोज्न नै पाइन्छ । जस्तो, हतारमा मानिसहरू कपडा किनिहाल्छन् र पछि उनीहरूलाई त्यही कपडा मन पर्दैन । त्यसैले सपिङका लागि पर्याप्त समय निकाल्नुस् । तपाईंले त्यही सामान लिनुस्, जो तपाईंलाई आवश्यक पर्छ ।

ad
ad